Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

त्रिविद्वारा उपाधि समकक्षता निर्धारण कार्य पूर्ण रूपमा बन्द

त्रिविद्वारा उपाधि समकक्षता निर्धारण कार्य पूर्ण रूपमा बन्द


  • 1.2K
    Shares

    त्रिविद्वारा उपाधि समकक्षता निर्धारण कार्य पूर्ण रूपमा बन्द
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्रले विगत लामो समयदेखि गर्दै आएको उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने कार्य पूर्ण रूपमा बन्द गरेको छ।

    केन्द्रले एक आधिकारिक सूचना प्रकाशित गर्दै आगामी साउन १ गतेदेखि लागू हुने गरी नयाँ आवेदन लिन बन्द गरिएको जनाएको हो। नयाँ कानुनी व्यवस्था अनुसार अब उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने सम्पूर्ण जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगलाई सुम्पिएको छ।

    केन्द्रका अनुसार ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ को दफा २८ बमोजिम ‘विश्वविद्यालय अनुदान आयोग ऐन, २०५०’ को दफा ६ मा संशोधन भएसँगै यो नयाँ व्यवस्था लागू गरिएको हो। यसअघि विदेश वा अन्य शिक्षण संस्थाबाट हासिल गरेको शैक्षिक उपाधिको मान्यता र समकक्षता निर्धारण त्रिविले नै गर्दै आएको थियो।

    साउन १ गतेभन्दा पछि समकक्षता निर्धारणका लागि आवेदन दिन चाहने विद्यार्थी तथा सरोकारवालाहरूले अब सिधै विश्वविद्यालय अनुदान आयोगमा सम्पर्क गर्नुपर्नेछ। साउन १ गतेभन्दा अगाडि नै दर्ता भइसकेका आवेदनहरूको हकमा भने त्रिविले नै पुराना बाँकी कामहरू सम्पन्न गर्नेछ।

    यो निर्णयसँगै अब समकक्षताका लागि विद्यार्थीहरू त्रिवि कलेज धाउनुपर्ने बाध्यता अन्त्य भएको छ भने सम्पूर्ण प्रक्रिया एकीकृत रूपमा आयोगमार्फत नै सञ्चालन हुनेछ। 

    747777973_27659070770427732_6604603067339660761_n_WGyn1U6yZf.jpg

    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - ११:०१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij