Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

डोलेश्वरमा श्रावणी मेला, एक करोडभन्दा बढी भेटी सङ्कलन हुने अनुमान

डोलेश्वरमा श्रावणी मेला, एक करोडभन्दा बढी भेटी सङ्कलन हुने अनुमान


  • 1.0K
    Shares

    डोलेश्वरमा श्रावणी मेला, एक करोडभन्दा बढी भेटी सङ्कलन हुने अनुमान
    images

    भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी मेला सुरु हुँदैछ । मेलामा करिब ५० लाख स्वदेशी तथा भारतीय भक्तजन आउने अनुमान गरिएको छ ।

    सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले मेलाको तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार साउन महिनामा शनिबार, आइतबार र सोमबार दर्शनार्थीको बढी भीड हुने गरेको छ ।

    मेलाको अवधिमा भारतीय पर्यटक मात्रै ६० हजारभन्दा बढी आउने र यस वर्ष भेटी सङ्कलन रु एक करोडभन्दा बढी हुने अनुमान गरिएको अध्यक्ष बस्नेतले बताए । रु दुई करोड ५० लाख लागतमा निर्माण भइरहेको ५० जना क्षमताको वृद्धाश्रम भवन यसै वर्ष पूरा गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए । मेला व्यवस्थापनका लागि १४ वटा उपसमिति गठन गरिएको छ । भक्तजनको स्वास्थ्य परीक्षणका लागि नेपाली सेना र नगर अस्पतालसहितका निकायसँग समन्वय गरिएको छ ।

    सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले मन्दिरमा दर्शनका लागि छुट्टै लाइनको व्यवस्था गरिएको र मेला व्यवस्थापनमा स्थानीय तहले सहयोग गर्ने बताए । मेलालाई सुरक्षित बनाउन डोलेश्वर क्षेत्र र आसपास ५५ वटा सिसी क्यामेरा जडान गरी निगरानी गरिने छ । डोलेश्वर–आशापुरी मन्दिर जोड्ने सडक स्तरोन्नतिको काम भइरहेको छ ।

    यसैगरी, साउन महिनामै नजिकै रहेको आशापुरी मन्दिरमा पनि ठूलो मेला लाग्ने छ । आगामी साउन १ गते चाँगुनारायण मन्दिर क्षेत्रबाट कलश यात्रा सुरु गरी डोलेश्वर मन्दिरमा पु¥याएर मेलाको उद्घाटन गरिने समितिले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - ०६:३२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij