२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ४ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् ।
गत २४ घण्टामा भेटिएका १ हजार १४ संक्रमितमध्ये ४ सय ४२ काठमाडौं उपत्यकामा मात्र भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा ३ सय ४४, भक्तपुरमा ३१, ललितपुरमा ६७ जना संक्रमित थपिएका हुन् । यो सँगै काठमाडौंमा संक्रमितको संख्या ९० हजार ७ सय ७२ पुगेको छ। जसमध्ये ५ हजार ७४ जना सक्रिय संक्रमित छन् । हालसम्म ४ सय १४ जना संक्रमितको मृत्यु भएको छ भने ८५ हजार २ सय ८४ जना उपचारपछि निको भएका छन् ।
ललितपुरमा संक्रमितको संख्या १३ हजार ९ सय ४ पुगेको छ । जसमध्ये १ सय २४ जनाको मृत्यु र १२ हजार ७ सय ४० जना उपचारपछि निको भएका छन् । हाल ललितपुरमा १ हजार ४० जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, भक्तपुरमा कुल संक्रमितको संख्या ८ हजार २ सय २८ छ। ४ सय ४४ जना उपचाररत छन् । ९६ जनाको मृत्यु भएको छ भने ७ हजार ६ सय ८८ जना उपचारपछि निको भएको मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij