२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । बुटवलमा नक्कली नेपाली नोट र नोट छाप्न प्रयोग हुने विभिन्न उपकरणसहित ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३६ वर्षीया गंगाकुमारी पुर्वछाने, ४१ वर्षीय रामचन्द्र खत्री, ३८ वर्षीय पासाङ तामाङ र भारत पश्चिम बंगाल, ४९ वर्षीय वासुमित्र आनन्द र किरणकृष्ण तिवारी रहेका छन् ।
घर तथा कोठा खानतलासीका क्रममा एक हजार दरका ६२२ थान नक्कली नेपाली नोट, फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागज एक कार्टुन, लेमिनेसन मेसिन, केमिकल, प्लास्टिक पेपर, नक्कली नोट कटिङ गर्ने मेसिन, साथै ६ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान सुरु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख निशान्त श्रीवास्तवले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij