Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

श्रम निरीक्षण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि अनुमोदन

श्रम निरीक्षण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि अनुमोदन


  • 1.4K
    Shares

    श्रम निरीक्षण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि अनुमोदन
    images

    काठमाडौं । प्रतिनिधि सभाले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१) लाई सर्वसम्मतिले अनुमोदन गरेको छ । 

    युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले प्रश्तुत गर्नुभएको उक्त महासन्धिलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो । महासन्धि अनुमोदनका लागि प्रश्तुत गर्नुअघि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री यादवले यस ऐतिहासिक दस्तावेजको अनुमोदनले नेपालको श्रम निरीक्षण प्रणालीलाई थप व्यवस्थित बनाउने बताएका छन्।

    उनले यसबाट श्रमिकहरूको अधिकार संरक्षणमा टेवा पुग्नुका साथै विद्यमान श्रम प्रणाली थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । मन्त्री यादवले महासन्धि पारित भएपश्चात यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरिने प्रतिबद्धता समेत जनाएका छन् ।
    सदनमा मन्त्री यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१) लाई अनुमोदन गरियोस्’ भनी प्रश्ताव प्रश्तुत गरेका थिए । 

    उक्त प्रश्तावलाई सभामुखले निर्णयार्थ प्रश्तुत गर्दा विपक्षमा कुनैपनि मत नपरेपछि महासन्धि सर्वसम्मतिले पारित भएको घोषणा गरिएको हो । बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं.२९ लाई अनुमोदन गरिएको छ । 
     

    प्रकाशित मिति :आषाढ ३१ २०८३ बुधवार - १७:५५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij