Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

डा. बाबुराम भट्टराईले बुझाए सम्पत्ति विवरण

डा. बाबुराम भट्टराईले बुझाए सम्पत्ति विवरण


  • 995
    Shares

    डा. बाबुराम भट्टराईले बुझाए सम्पत्ति विवरण
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगसमक्ष आफ्नो सम्पत्ति विवरण बुझाएका छन्। बुधबार काठमाडौंको केशरमहलस्थित आयोगको कार्यालय पुगेर उनले आवश्यक विवरण पेस गरेको डा. भट्टराईको सचिवालयले जनाएको हो।

    नेपाल सरकारले देशका पूर्वउच्चपदस्थ पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने निर्णय गरेबमोजिम डा.भट्टराईले उक्त विवरण बुझाएका छन्। 

    सम्पत्ति विवरण बुझाएपछि डा। भट्टराईको सचिवालयले जारी गरेको वक्तव्यमा भनिएको छ, पारदर्शिता, जवाफदेहिता र सुशासनप्रतिको आफ्नो प्रतिबद्धताअनुरूप पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आज केशरमहलस्थित सम्पत्ति छानबिन आयोगको कार्यालयमा आफ्नो सम्पत्ति विवरण बुझाएका छन्। उनले राज्यका संयन्त्रहरूलाई पारदर्शी बनाउन आफू सधैँ तयार रहेको सन्देश दिएको सचिवालयले दाबी गरेको छ।

    सरकारले विक्रम संवत् २०६२\६३ को जनआन्दोलनयताका सबै उच्चपदस्थ पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने उद्देश्यले यो विशेष आयोग गठन गरेको थियो। आयोगले अहिले विभिन्न पूर्वपदाधिकारीहरूसँग विवरण माग गरिरहेको छ। तर, यो आयोग स्थापनाकालदेखि नै तीव्र विवादमा घेरिएको छ। 

    वर्तमान सरकारमा रहेका बहालवाला मन्त्री र सदस्यहरूको सम्पत्ति छानबिन नगर्ने तर पूर्वपदाधिकारीहरूलाई मात्रै निसाना बनाउने गरी कार्यक्षेत्र तोकिएपछि आयोगको निष्पक्षतामाथि प्रश्न उठेको हो। यो व्यवस्था विभेदपूर्ण र राजनीतिक पूर्वाग्रह प्रेरित भएको भन्दै यसविरुद्ध सर्वोच्च अदालतमा समेत रिट दायर भइसकेका छन्।चौतर्फी कानुनी र राजनीतिक विवादका बीच पूर्वप्रधानमन्त्री भट्टराईले विवरण बुझाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। 

     

    प्रकाशित मिति :आषाढ ३१ २०८३ बुधवार - १७:२१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij