२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । ओमानस्थित नेपाली राजदूतावासले मस्कटमा १३ जुलाई २०२६ देखि नै विद्युतीय राहदानी सम्बन्धी सेवा सुचारु भइसकेको जानकारी दिएको छ । दूतावासले बुधबार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
दूतावासको सूचनामा एक वर्षभन्दा कम राहदानीको अवधि बाँकी रहेका नेपाली नागरिकले फारम भरी अपोइन्टमेन्ट लिएर वा सिधै राजदूतावासमा आएर राहदानी नवीकरण गर्न सक्ने जनाएको छ ।
सेवाग्राहीको चाप तथा आवश्यकताअनुसार आगामी दिनमा बिदाको दिन पनि राहदानी सम्बन्धी सेवा प्रवाह गरिने दूतावासले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij