२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भएका तीनवटा विधेयक प्रमाणीकरण गरेका छन् । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै विधेयक प्रमाणीकरण भएको जानकारी गराइएको हो ।
नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण भएका विधेयकहरूमा विनियोजन विधेयक २०८३, राष्ट्र ऋण उठाउने विधेयक २०८३ र आर्थिक विधेयक २०८३ रहेका छन् । यी तीनवटै विधेयक २०८३ साल असार ३० गते प्रमाणीकरण भएका हुन् । सभामा अध्यक्षले विधेयक प्रमाणिकरणबारे पत्र पढेर सभालाई जानकारी गराएका छन् ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८१\८२ को वार्षिक प्रतिवेदन पेश गरेकी छन् । मन्त्री गौतमले सभासमक्ष प्रतिवेदन प्रश्तुत गर्दै संवैधानिक व्यवस्था अनुरूप उक्त प्रतिवेदन सदनमा ल्याइएको जानकारी दिएकी छन् ।
राष्ट्रिय सभाको अर्को बैठक दुई हप्ता पर सारिएको छ । बैठक आगामी साउन १५ गते शुक्रवार अपराह्न १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij