२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाली काँग्रेसका सचेतक निश्कल राईले इलामको मेची राजमार्ग र अन्य वैकल्पिक सडकखण्डको अवस्था दयनीय भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद राईले पूर्वाधारको अभावमा इलामका नागरिकले सास्ती भोग्नुपरेको बताएका हुन् ।
उनले ‘हरित नगरी’ का रूपमा चिनिने इलाम अहिले सडकको दुरावस्थाका कारण हिलोमय’ भएको टिप्पणी गरेका छन् । मेची राजमार्गको बेहाल अवस्थाले गर्दा बिरामी र सुत्केरी महिलाहरूलाई उपचारका लागि झापाका अस्पतालसम्म पु¥याउन समेत नसकिने स्थिति सिर्जना भएको उनले उल्लेख गरेका छन्।
सांसद राईले राजदुवाली र सिमल गोलाई सडकखण्डको नाजुक अवस्थाका साथै माई जोगमाई खोला र पुवा खोलामा बेलीब्रिज निर्माणको माग पटक–पटक सदनमा उठाउँदा पनि सुनुवाइ नभएकोमा आपत्ति जनाएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले सो क्षेत्रको स्थलगत अवलोकन गरे पनि सुधारका लागि कुनै ठोस पहल नभएको उनको गुनासो छ ।
उनले भने, ‘हामीले इलामलाई हरित नगरी इलाम भनेर भन्थ्यौँ । तर आज हिलोमलय इलाम हुन पुगेको छ । मेची राजमार्गको अवस्था यस्तो दर्दनाक छ कि इलामबाट कोही नागरिक बिरामी परेको खण्डमा वा सुत्केरी महिला झापाको एउटा हस्पिटलसम्म आउनसक्ने अवस्था छैन । वैकल्पिक बाटो र बेलिब्रिजको अवस्था पनि त्यस्तै छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij