२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । साताको चोथो कारोबारको दिन बुधबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १४ अंकले बढेर २,५९० को विन्दुमा कायम भएको छ ।
आज १९५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३६२ कम्पनीको ८४ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १७ करोड माथिको शेयर कारोबार भएको छ ।
बैंकिङ ०.७४, फाइनान्स ०.५०, होटल तथा पर्यटन ०.६१, जलविद्युत् ०.४७, जीवन बीमा ०.५४, उत्पादन तथा प्रशोधन ०.५७, माइक्रोफाइनान्स ०.२७, निर्जीवन बीमा १.०३, अन्य ०.३७ प्रतिशत तथा व्यापार ०.६० प्रतिशत बढेको छ । लगानी ०.४६ प्रतिशत घटेको छ ।
नारायणी डेभलपमेन्ट बैंकको मूल्य ८.४० तथा थ्रीस्टार हाइड्रोपावरको ६.२१, सागर डिस्टिलरीको ६.०३, भुजुङ हाइड्रोपावरको ४.७२ प्रतिशत मूल्य बढेको छ । उपकार लघुवित्तको मूल्य ७.३२ प्रतिशत घटेको छ । कर्पोरेट डेभलपमेन्टको ३.०६, तथा आत्मनिर्भर लघुवित्तको ३ प्रतिशत मूल्य घटेको छ ।
आज धेरै कारोबार भएका कम्पनीमा सिद्धार्थ बैंक, आँखुखोला जलविद्युत्, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।
आज सबैभन्दा धेरै हिमालयन बैंक डिबेञ्चर २०८३ को कारोबार भएको छ । आज यसको ४४ करोड १० लाख रुपैयाँको कारोबार भएको छ । आरबीबीएल डिबेञ्चर २०८८ को ३३ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । एनआइसी एशिया डिबेञ्चरको २१ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij