२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा),नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद ठाकुरले साह नेतृत्वको प्रशासनलाई ‘अकार्यकुशल’को संज्ञा दिँदै साहलाई ‘नेपाली हिटलर’ को रूपमा टिप्पणी गरेका हुन्।
ठाकुरले सरकारले जनतालाई दिएका कुनैपनि आश्वासन पूरा नगरेको दाबी गरेका छन् । सांसद ठाकुरले साहले कर्मचारी प्रशासनमाथि प्रहार गरेको र दरबन्दीमा रहेका कर्मचारीहरूलाई हटाएर आन्दोलनको स्थिति सिर्जना गरेको आरोप लगाएका छन्। साथै, राजनीतिक दलका कार्यालयहरूमा हस्तक्षेप गर्ने, फर्निचर जलाउने र दलहरूमाथि निरन्तर आक्रमण गर्ने कार्य भइरहेको उनको जिकिर छ ।
उनले भने,‘ बालेन सरकारले दिएका आश्वासनहरू पूरा नहुँदा देशमा निराशा छाएको छ र आत्महत्याका घटनाहरू बढ्दै गएका छन् । दलका नेताहरू असुरक्षित महशुस गरिरहेका छन् भने व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेका छन् । आफ्नो सङ्गठन बनाउने हो कि कि आफ्नो स्वतन्त्र के भन्ने उनलाई रु नेपाली डिक्टेटर, नेपाली हिटलर । नेपाली हिटलर भइसकेको छ उनले जो बोल्छ त्यही ठिक हो, जो गर्छ त्यही कानून हो । त यस प्रकार चाहिँ देशलाई धरातल उसमा लागिरहेको छ ।’
शिक्षा र स्वास्थ्य क्षेत्रका विषयमा बोल्दै ठाकुरले निजी विद्यालय (बोर्डिङ स्कुल) र नर्सिङ होमहरूमाथि भइरहेको कडाइले लाखौँ विद्यार्थी र शिक्षकको भविष्यमा असर पर्ने बताएका छन्
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij