२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले सरकार नागरिकका समस्या समाधानमा असफल भएको आरोप लगाएका छन् ।
सभाको बुधवारको बैठकमा बोल्दै नेता सुवेदीले सञ्चारगृहमाथिको अवरोध, नागरिकको आत्मदाह र सुकुम्वासी समस्या समाधानमा सरकार असफल भएको आरोप लगाएका हुन् । असार २९ गते कान्तिपुर मिडिया हाउस, अनलाइन खबर र हिमालय टेलिभिजनका साथै नेपाली काँग्रेसका सभापति गगनकुमार थापाको निवास अगाडि शंकास्पद रूपमा सवारी साधन पार्किङ गरी अवरोध पु¥याइएको घटनाप्रति सुवेदीले आपत्ति जनाएका छन् ।
यस कार्यलाई पञ्चायतकालीन ‘मण्डले’ प्रवृत्ति र ‘भूमिगत गिरोह’ को सक्रियतासँग तुलना गर्दै उनले यसलाई प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र मनोवैज्ञानिक आतंकको संज्ञा दिएका छन् । यस्ता गम्भीर घटनामा संलग्नलाई सामान्य जरिवाना मात्र गरेर छोडिएको भन्दै सरकारको कामकारबाहीमाथि प्रश्न उठाएका छन् ।
नेता सुवेदीले भने, ‘सञ्चार गृहको मूल प्रवेशद्वारमा सवारी साधन छाडेर सञ्चारकर्मीलाई त्रसित बनाउन खोजिएको छ । देखिने शासक असफल भएपछि नदेखिने शासक अर्थात् ‘डिप स्टेट’ सक्रिय भएको आभास भइरहेको छ । तपाईंको शासनमा गणेश नेपाली र विवेक मण्डलहरूले किन शरीरमा आगो लगाउनुपर्ने रु के यही हो सुशासन रु कून कार्यान्वयन गर्दा मानवतालाई पनि जीवित राख्न जरुरी छ ।’
सडकमा दुई मिनेट गाडी रोकिँदा सर्वसाधारणले आत्मदाह गर्नुपर्ने तर शक्तिमा हुनेहरूको गाडी रोकिँदा ‘सिंहदरबार जलाउने’ धम्की आउने विभेदपूर्ण अवस्थाको उनले विरोध गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij