Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बिना तयारी सुकुमबासी बस्ती हटाउँदा १८ महिने नाबालकसहित ९ जनाको ज्यान गएको संसद्‌मा खुलासा

बिना तयारी सुकुमबासी बस्ती हटाउँदा १८ महिने नाबालकसहित ९ जनाको ज्यान गएको संसद्‌मा खुलासा


  • 1.1K
    Shares

    बिना तयारी सुकुमबासी बस्ती हटाउँदा  १८ महिने नाबालकसहित ९ जनाको ज्यान गएको संसद्‌मा खुलासा
    images

    काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रतिपक्षी दलकी सांसद गीता गुरुङले सरकारले बिना तयारी सुकुमबासी बस्तीमा डोजर चलाएका कारण १८ महिने नाबालकसहित ९ जना नागरिकले ज्यान गुमाउनुपरेको भन्दै सरकारको कडा आलोचना गरेकी छन्। 

    संसद्‌मा बोल्दै सांसद गुरुङले सरकारको अव्यवहारिक र गलत नीतिका कारण बस्तीहरूमा विकराल परिस्थिति सिर्जना भएको र सुकुमबासीहरू थप सङ्कटमा परेको बताइन्।

    ज्यान गुमाउनेहरूमा १८ वर्षका रविन तामाङ, ५७ वर्षीय इन्द्रबहादुर राई, ५० वर्षीया कमला बलम्पाकी, ६८ वर्षीय कर्णबहादुर श्रेष्ठ, ३६ वर्षीय भेषराज दर्जी, ६६ वर्षीया पार्वती विक, ३९ वर्षीया सुशीला थापामगर, ७५ वर्षीया रटनदेवी मलाहानी र १८ महिनाका नाबालक उज्ज्वल तामाङ रहेको जानकारी उनले दिइन् ।  
     
    सांसद गुरुङले यी मृत्युहरूलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पारिन्। विना विकल्प र विना तयारी जनताको बासस्थानमा डोजर चलाएर नागरिकको ज्यान लिने कार्य राज्य संयन्त्रबाट भएको संस्थागत हत्या भएको उनको आरोप छ। उनले पीडित परिवारलाई न्याय दिन र सुकुमबासी समस्याको दीर्घकालीन तथा व्यावहारिक समाधान खोज्न सरकारसँग जोडदार माग गरेकी छन्।

    प्रकाशित मिति :आषाढ ३१ २०८३ बुधवार - १४:३६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij