२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । नेकपा (एमाले) का सांसद राजेन्द्र राईले वर्षौँदेखि सेवा प्रवाहमा खटिएका करार र अस्थायी कर्मचारीहरूलाई सेवाबाट हटाउने सरकारको तयारीप्रति तीव्र आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले यी कर्मचारीहरूको रोजगारी रक्षा गर्न र उनीहरूलाई प्राथमिकता दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद राईले हिजो अर्थ मन्त्रालय अगाडि थुप्रै करार तथा अस्थायी कर्मचारीहरू चिन्तित मुद्रामा भेला भएको र आफूले उनीहरूसँग छलफल गर्दा दुःखद अवस्था थाहा पाएको संसद्लाई जानकारी दिएका छन् ।
सांसद राईले भने, ‘मुलुक बनाउने दाबीका साथ आएको नयाँ सरकारले उहाँहरूलाई सेवाबाट निष्कासन गर्ने तयारी गरिरहेको बुझिएको छ। यसले ती कर्मचारी र उनीहरूको परिवारको जीवन बर्बाद बनाउने निश्चित छ।’
दैनिक हजारौँ नेपाली युवाहरू रोजगारीको खोजीमा विदेश पलायन भइरहेको पीडादायी अवस्था औँल्याउँदै सांसद राईले स्वदेशमै न्यून पारिश्रमिकमा काम गरिरहेका करार र अस्थायी कर्मचारीहरूको रोजगारी खोस्नु अन्यायपूर्ण हुने बताएका छन् ।
उनले भने, ‘एकातिर हामी युवाहरूलाई स्वदेशमै रोजगारी दिने कुरा गर्छौं, अर्कोतिर भइरहेको रोजगारी खोसेर उनीहरूलाई सडकमा पुर्याउने काम गरिँदैछ, यो कसरी न्यायसङ्गत हुन सक्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij