Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

उपसभामुखको नेतृत्वमा ५ सदस्यीय संसदीय टोली चीन प्रस्थान

उपसभामुखको नेतृत्वमा ५ सदस्यीय संसदीय टोली चीन प्रस्थान


  • 1.0K
    Shares

    उपसभामुखको नेतृत्वमा ५ सदस्यीय संसदीय टोली चीन प्रस्थान
    images

    काठमाडौं । चीनको निङ्छी सहरमा आयोजना हुने ‘द फिफ्थ चाइना सिजाङ ट्रान्स’ (हिमालय फोरम फर इन्टरनेसनल कोअपरेसन) मा सहभागी हुन प्रतिनिधिसभाका उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको छ।

    सङ्घीय संसद सचिवालयका अनुसार प्रतिनिधिमण्डल बिहान पौने  १ बजे सिचुआन एयरलाइन्समार्फत चीन प्रस्थान गरेको हो। चीन प्रस्थान गर्ने प्रतिनिधिमण्डलमा उपसभामुख रुवी कुमारीका साथै सङ्घीय संसद सचिवालयका सचिव डा। रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी र कम्प्युटर प्रोग्रामर अनिशा ढकाल छन् । 

    यही असार ३१ गतेदेखि साउन १ गते (१५-१७ जुलाई २०२६) सम्म आयोजना हुने कार्यक्रममा माननीय उपसभामुखले नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

    भ्रमणका क्रममा चीनको स्वायत्त क्षेत्र सिजाङ (तिब्बत) स्थित निङ्छी सहरमा उपसभामुख रुवी कुमारी र चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी० सिजाङ स्वशासित क्षेत्रीय कमिटीका सचिव महामहिम वाङ जुनझेङ बीच शिष्टाचार भेटघाट तथा अन्य महत्त्वपूर्ण द्विपक्षीय छलफलहरू हुने तय भएको छ।

     

    प्रकाशित मिति :आषाढ ३१ २०८३ बुधवार - १४:११:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij