Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुने

प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुने


  • 960
    Shares

    प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुने
    images

    काठमाडौं । प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुने भएको छ । प्रतिनिधिसभाको बैठक आज बस्छ । त्यसपछि अर्को बैठक साउनको दोस्रो साताको अन्तिममा राख्ने सहमति प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छ ।

    बैठकको अन्तिममा सभामुखले अर्को बैठक बस्नेल समय तोक्ने गर्दछन् । आजको प्रतिनिधिसभाको बैठक अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो ।

    कार्यव्यवस्था परामर्श समितिको बैठक राख्नकै लागि आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि सारिएको हो ।

    आजको बैठकमा प्रधानमन्त्री वालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।

    राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन पनि आजै पेस गर्ने कार्यसूची छ ।

     

     

    प्रकाशित मिति :आषाढ ३१ २०८३ बुधवार - १३:५५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij