२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सरकारले उच्च जोखिम विपद् खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीलाई विशेष जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को असार ३० गते मंगलबारको बैठकले गोताखोर तथा उच्च हिमाली क्षेत्रमा खोज तथा उद्धारमा खटिने विशेष तालिमप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई मासिक रूपमा आधारभूत तलबको १५ प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने र खटिएको प्रत्येक दिन पाँच सय रुपैयाँका दरले रउच्च जोखिम भत्ता दिने निर्णय गरेको हो।
सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीका अनुसार यो निर्णय विपद् व्यवस्थापन तथा खोज-उद्धार कार्यमा अग्रपंक्तिमा खटिने जनशक्तिको मनोबल अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
प्रवक्ता कार्कीले जोखिम भत्ता विशेष गरी विपद् खोज तथा उद्धार कार्यमा संलग्न गोताखोर र उच्च हिमाली भूभागजस्ता अति जोखिमयुक्त क्षेत्रमा परिचालित विशेष तालिमप्राप्त उद्धारकर्तालाई प्रदान गरिने जानकारी दिएका छन् ।
उनका अनुसार यस व्यवस्थाले खोज तथा उद्धार कार्यको प्रभावकारिता बढ्नुका साथै गोताखोर तथा हिमाली उद्धारजस्ता विशिष्टीकृत क्षेत्रमा आवश्यक तालिम लिन कर्मचारीलाई प्रेरणा मिल्ने र दक्ष जनशक्ति पलायन हुने प्रवृत्ति पनि कम हुने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij