Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

ट्राफिक नियम उल्लंघन गर्नेलाई ५० हजार जरिवाना

ट्राफिक नियम उल्लंघन गर्नेलाई ५० हजार जरिवाना


  • 771
    Shares

    ट्राफिक नियम उल्लंघन गर्नेलाई ५० हजार जरिवाना
    images

    काठमाडौं । अब ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूलाई ५० हजार रुपैयाँसम्म जरिवाना मात्र नभई, जरिवाना रकम तिर्न नसके सरकारी श्रमदान गराएर असुल गर्न सकिने कडा व्यवस्था प्रस्ताव गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पूर्ण पालना गराउने उद्देश्यका साथ नयाँ ुसवारी तथा यातायात व्यवस्थापन विधेयकुको मस्यौदा तयार पारेको हो।

    हाल उक्त मस्यौदा कानुन मन्त्रालयमा अध्ययनको क्रममा रहेको छ। अन्तिम स्वीकृति पाएपछि मात्र यो मन्त्रिपरिषद् हुँदै संसद्मा पेश हुनेछ।

    मस्यौदाअनुसार ट्राफिक नियम बारम्बार उल्लंघन गर्ने चालकलाई ठूलो जरिवाना, लाइसेन्स निलम्बन वा खारेजसम्मको व्यवस्था प्रस्ताव गरिएको छ। तीन पटकभन्दा बढी तोकिएको गतिसीमा नाघेमा ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने र थप उल्लंघन भए लाइसेन्ससमेत रद्द गर्न सकिने व्यवस्था राखिएको छ।

    सरकारले यस्तो व्यवस्थाले ट्राफिक नियमको पालना बढ्ने र सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरेको छ।
    मस्यौदामा मदिरा सेवन गरेर सवारी चलाउने, मोबाइल प्रयोग गर्दै गाडी चलाउने, एकतर्फी सडकमा उल्टो दिशाबाट सवारी चलाउने तथा अन्य गम्भीर ट्राफिक उल्लंघनका घटनामा पनि हालको भन्दा कडा सजाय प्रस्ताव गरिएको छ।

    यातायात क्षेत्रमा ठूलो परिवर्तन ल्याउने आकलन गरिएको यो व्यवस्था हालै लागू भइसकेको भने होइन। यो केवल एक प्रारम्भिक मस्यौदा मात्र हो। कानुन मन्त्रालयको समीक्षा, मन्त्रिपरिषद्को स्वीकृति र संघीय संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै यसले कानुनी रूप लिनेछ र पूर्ण रूपमा लागू हुनेछ।

    प्रकाशित मिति :आषाढ ३१ २०८३ बुधवार - १३:१२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij