Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

हेटौँडा कपडा उद्योगमा सरसफाई र विद्युत जडानको काम हुँदै

हेटौँडा कपडा उद्योगमा सरसफाई र विद्युत जडानको काम हुँदै


  • 1.1K
    Shares

    हेटौँडा कपडा उद्योगमा सरसफाई र विद्युत जडानको काम हुँदै
    images

    काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीस्वरूप उद्योग परिसरमा सरसफाई तथा विद्युत जडानको काम भइरहेको छ । 

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौंडा शाखाका सूचना अधिकारी हिमालय भण्डारीले उद्योगभित्र अहिले प्रारम्भिक तयारीका कामलाई प्राथमिकता दिइएको जानकारी दिएका हुन् । सूचना अधिकारी भण्डारीकाअनुसार उद्योग परिसरमा वर्षौंदेखि थुप्रिएको झारपात, फोहोर तथा अनावश्यक सामग्री हटाउने काम भइरहेको छ ।

    साथै उद्योग सञ्चालनका लागि आवश्यक विद्युत प्रसारण तथा विद्युत जडानको काम पनि सँगसँगै अघि बढाइएको छ । उहाँकाअनुसार यी काम पूरा भएपछि उद्योगभित्र रहेका भवन, मेसिन तथा अन्य संरचनाको विस्तृत प्राविधिक मूल्याङ्कन गरिनेछ । 

    भण्डारीले लामो समयदेखि उद्योग बन्द रहेकाले भवन, मेसिन तथा उपकरणको वास्तविक अवस्था अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । त्यसका लागि नेपाली सेनाको प्राविधिक टोलीले आवश्यक तयारी गरिरहेको उनले जानकारी दिएका छन् ।उद्योग पुनः सञ्चालनका लागि चरणवद्ध रूपमा काम अघि बढाइएको छ । पहिलो चरणमा उद्योग परिसरलाई व्यवस्थित बनाउने, आवश्यक पूर्वाधार तयार गर्ने तथा विद्युत आपूर्तिको व्यवस्था मिलाउने काम भइरहेको छ । त्यसपछि मेसिन तथा उपकरणहरूको निरीक्षण, मर्मत तथा प्राविधिक परीक्षणलगायतका प्रक्रिया अघि बढाइनेछ । 

    हेटौँडा कपडा उद्योग चीन सरकारको सहयोगमा स्थापना भएको मुलुककै पुराना सरकारी उद्योगमध्ये एक हो । वि।सं।२०३५ सालदेखि व्यावसायिक उत्पादन थालेको उद्योगले एक समय स्वदेशी कपडा उत्पादनमा महत्वपूर्ण योगदान पु¥याएको थियो । पूर्ण क्षमतामा सञ्चालन हुँदा उद्योगले १२०० भन्दाबढीलाई रोजगारी दिएको थियो ।

     तर उद्योग २०५६ सालदेखि पूर्ण रूपमा बन्द छ । सरकारले बन्द अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः सञ्चालन गर्ने नीति अनुरूप हेटौंडा कपडा उद्योगमा पनि आवश्यक तयारी अघि बढाएको छ । सोही क्रममा उद्योग परिसरको सरसफाइ, विद्युत् जडान तथा अन्य आधारभूत पूर्वाधार व्यवस्थापनका काम भइरहेको सूचना अधिकारी भण्डारीले बताएका छन् ।   

    प्रकाशित मिति :आषाढ ३१ २०८३ बुधवार - १२:२४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij