Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपाल-भारत सीमाबाट अमेरिकी नौसेनाका पूर्व सैनिक पक्राउ

नेपाल-भारत सीमाबाट अमेरिकी नौसेनाका पूर्व सैनिक पक्राउ


  • 1.2K
    Shares

    नेपाल-भारत सीमाबाट अमेरिकी नौसेनाका पूर्व सैनिक पक्राउ
    images

    काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रबाट एक अमेरिकी नागरिक पक्राउ परेका छन्। उनी अमेरिकी नौसेनाका पूर्व अधिकारी रहेको दाबी गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पुक्राउ पर्ने व्यक्ति अमेरिकाको क्यालिफोर्नियाका ३६ वर्षीय जोर्डन ब्राउन हुन्। उनलाई भारतको उत्तर प्रदेशस्थित महाराजगन्ज जिल्लाको सुनौली सीमा नजिकबाट सशुस्त्र सीुमा बलले नियन्त्रणमा लिएको हो।

    ब्राउनले आफू अमेरिकी नौसेना र स्पेशल फोर्सेजका पूर्व सैनिक भएको बताएका छन्। गत जुलाई ११ मा सुनौली थाना क्षेत्रको मैनहवा इलाकामा गस्ती गरिरहेका एसएसबीका जवानहरूले उनलाई शंकास्पद अवस्थामा भेटेका थिए।

    उनीसँग पासपोर्ट, भिसालगायत आवश्यक यात्रा कागजात नभेटिएपछि सुरक्षाकर्मीले सोधपुछ गरेका थिए। सो क्रममा उनले भाग्ने प्रयास गरेपछि पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

    प्रहरीका अनुसार उनको साथबाट ३१ हजार ४६० भारतीय रुपैयाँ नगद र दुईवटा मोबाइल फोन बरामद गरिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले पनि यात्रा तथा अध्यागमनसम्बन्धी कागजातमा समस्या देखिएपछि एक विदेशी नागरिकलाई हिरासतमा लिइएको पुष्टि गरेका छन्। उनले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।

    प्रहरीका अनुसार ब्राउन भारतको बेंगलुरु हुँदै सुनौली सीमा पुगेका थिए। उनी नेपाल प्रवेश गर्ने प्रयास गरिरहेका बेला पक्राउ परेका हुन्।

     

    प्रकाशित मिति :आषाढ ३१ २०८३ बुधवार - ११:४१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij