Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मौसम पूर्वानुमान

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, २२ जिल्लामा बाढीको खतरा

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, २२ जिल्लामा बाढीको खतरा


  • 2.6K
    Shares

    आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, २२ जिल्लामा बाढीको खतरा
    images

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराईनजिक र पूर्वमा सरदर स्थान आसपास छ। यतिबेला (बुधबार बिहान) बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ भने कोसी र मधेस प्रदेशमा आंशिक बादल लागेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार,

    दिउँसो : देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान तथा मधेस प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    राति : देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई  भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी र बागमती प्रदेशको हिमाली भूभाग तथा कोसी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    आज यी जिल्लामा बाढीको जोखिम

    आज पनि देशका विभिन्न जिल्लामा बाढीको जोखिम हुने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

    बाढी महाशाखाका अनुसार राजधानी काठमाडौँसहित देशका २२ जिल्ला र त्यस आसपासका खोला तथा नदीमा बाढी आउने र जोखिम निम्तिने सम्भाना देखिएको हो। 

    बाढी महाशाखाले सूचना जारी गरी भनेको छ, ‘आज पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, लमजुङ, कास्की, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, पाल्पा, पर्वत, प्युठान, दाङ र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम सम्भावना छ।’

    प्रकाशित मिति :आषाढ ३१ २०८३ बुधवार - ०८:४७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij