२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलित कर्मचारीहरूले मङ्गलवार अर्थ मन्त्रालयमा धर्ना दिएका छन्।
सरकारले वर्षौँदेखि कार्यरत कर्मचारीहरूलाई हटाएर आउटसोर्सिङबाट काम गराउने नीति अघि सारेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्। विभिन्न मन्त्रालयमा कार्यरत अस्थायी र करारका कर्मचारीहरूले मङ्गलवार अर्थ मन्त्रालयको मूल ढोकामा जम्मा भएर सरकारविरुद्ध चर्को नाराबाजी र प्रदर्शन गरेका छन्।
आन्दोलनरत कर्मचारीहरूले आफूहरूलाई विना विकल्प हटाउन नपाइने र सेवाको निरन्तरता सुनिश्चित गरिनुपर्ने माग राखेका छन्। सरकारले बजेट र खर्च कटौतीको नीति अन्तर्गत प्रशासनिक भार कम गर्न अस्थायी र करारका कर्मचारीहरूलाई हटाउने तयारी गरिरहेको छ, जसले गर्दा हजारौँ कर्मचारीको रोजगारी संकटमा परेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij