Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

राष्ट्रपति पौडेलद्वारा विनियोजन विधेयकसहित तीन विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा विनियोजन विधेयकसहित तीन विधेयक प्रमाणीकरण


  • 1.1K
    Shares

    राष्ट्रपति पौडेलद्वारा विनियोजन विधेयकसहित तीन विधेयक प्रमाणीकरण
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका तीनवटा महत्त्वपूर्ण विधेयकहरू प्रमाणीकरण गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले यी विधेयकहरू प्रमाणीकरण गरेका हुन् ।

    मंगलबार प्रमाणीकरण गरिएका विधेयकहरूमा विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ रहेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार यी तीनै विधेयकहरू मंगलबार  प्रमाणीकरण गरिएका हुन् ।

    संसद्का दुवै सदनको बैठकबाट पारित भई आएका यी विधेयकहरू राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अब औपचारिक रूपमा कार्यान्वयनको प्रक्रियामा जानेछन् ।

    प्रकाशित मिति :आषाढ ३० २०८३ मंगलवार - १७:०९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij