Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गगनको गेटमा शङ्कास्पद गाडी: ट्राफिकको नियन्त्रणमा, चालक बोल्न मानेनन्

गगनको गेटमा शङ्कास्पद गाडी: ट्राफिकको नियन्त्रणमा, चालक बोल्न मानेनन्


  • 995
    Shares

    गगनको गेटमा शङ्कास्पद गाडी: ट्राफिकको नियन्त्रणमा, चालक बोल्न मानेनन्
    images

    काठमाडौं । सञ्चार माध्यमको गेटमा शङ्कास्पद रूपमा पार्किङ गरिएका गाडीहरू ट्राफिक प्रहरीले चिट काटेर जिम्मा लगाएको छ । सोमबार साँझ ४ वटा सवारीसाधन चालकलाई जिम्मा लगाए पनि कांग्रेस सभापति गगन थापाको घर अगाडि पार्किङ गरेको गाडीचाहिँ प्रहरीले जिम्मा लगाउन सकेको छैन ।

    कांग्रेस समर्थकहरूले सोमबार साँझ रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर गाडीबारे सोधखोज गर्दै अनुसन्धान गर्न माग गरेका छन् । सवारी धनीलाई बोलाएर बेवारिसे अवस्थामा गाडी छाड्नुको कारण यकिन गर्न माग गरेपछि थापाको घरको गेटमा पार्किङ गरिएको बीएसी ९५७५ नम्बरको गाडी अहिले ट्राफिक प्रहरी कार्यालयमै राखिएको छ ।

    क्रेन प्रयोग गरेर हटाइएको सो गाडीको नम्बर इम्बोस्ड हो । पुरानो नम्बर बा.२० च ६५६४ बाट परिवर्तन गरेर इम्बोस्ड जडान गरेको भेटिएको छ । बाबा विश्वकर्मा ट्रेडर्सको नामबाट सो गाडी काठमाडौँ घर भएका कुमार प्रसाद अर्यालको नाममा नामसारी भएको भेटिएको छ ।

    मंगलबार बिहान पनि चालक सो गाडी लिन ट्राफिक प्रहरी कार्यालयमा पुगेका थिए । ट्राफिक प्रहरी कार्यालयमा आफ्नो विवरण दिन अस्वीकार गर्दै उनले भनेका छन्, ‘म अर्कै कामले आएको हुँ । गाडी दिए लान्छु, नत्र केही छैन ।’ कांग्रेस समर्थकले प्रश्न उठाएपछि सो गाडी अहिले पनि ट्राफिक प्रहरी कार्यालयकै पार्किङमा राखिएको छ । 

     

    प्रकाशित मिति :आषाढ ३० २०८३ मंगलवार - १६:५२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij