Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ


  • 988
    Shares

    अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ
    images

    काठमाडौं । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता र उनका सहयोगी विनोद साह कलवार उखु किसानको करिब २२ करोड रुपैयाँ बक्यौता भुक्तानी नगरेको आरोपमा पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीले किसानहरूबाट प्राप्त उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरी ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको हो। प्रहरीले दुवै जनाविरुद्ध सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमका अनुसार चिनी मिलले गत आर्थिक वर्षमा खरिद गरेको उखुको करिब २२ करोड रुपैयाँ किसानलाई हालसम्म भुक्तानी नगरेपछि पीडित किसानहरूले प्रहरीमा उजुरी दिएका थिए।

    उखु किसानहरूले लामो समयदेखि आफ्नो बक्यौता रकम भुक्तानीको माग गर्दै मिल व्यवस्थापनसँग आग्रह गर्दै आएका थिए। भुक्तानी नपाएपछि उनीहरू उखु किसान संघको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सर्लाही पुगेका थिए।  

     

    प्रकाशित मिति :आषाढ ३० २०८३ मंगलवार - १६:०८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij