Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाजुरा र हुम्ला सीमा विवादको घटना: १० जना थुनिए, ८ जना धरौटीमा छुटे

बाजुरा र हुम्ला सीमा विवादको घटना: १० जना थुनिए, ८ जना धरौटीमा छुटे


  • 1.1K
    Shares

    बाजुरा र हुम्ला सीमा विवादको घटना: १० जना थुनिए, ८ जना धरौटीमा छुटे
    images

    काठमाडौं । बाजुराको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटामा भएको घटनासम्बन्धी मुद्दामा जिल्ला अदालत बाजुराले पक्राउ परेका २१ प्रतिवादीमध्ये १० जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

    सोमबार भएको थुनछेक बहसपछि अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ अनुसार १० जनालाई अनुसन्धान तथा मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म थुनामा राख्न आदेश दिएको हो । 

    यसैगरी, ८ जनालाई जनही दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न तथा तीन जनालाई साधारण तारेखमा छाड्न आदेश भएको अदालत स्रोतले जनाएको छ । घटनामा संलग्न भनिएका आरोपितहरू हुम्लाका स्थानीय हुन् । तीमध्ये एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

    पुर्पक्षका लागि थुनामा पठाइएकाहरूमा देवराज रावल, चन्द्रबहादुर रावल, किशोर रावल, नरेश रावल, कर रावल, शङ्कर रावल, रामदत्त रावल, कैलाश छत्याल, बुद्धि रावल र जयबहादुर रावल रहेका छन् ।

    यस्तै, अदालतले प्रतिवादीहरूको आर्थिक अवस्था र कानुनी व्यवस्थालाई आधार मानेर मानबहादुर जेठारा, शेर रावल, वीर रावल, सुन्दर जेठारा, लामा रावल, गगन रावल, कालजङ्ग जेठारा र ज्ञानेन्द्र छत्याललाई जनही दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    त्यसैगरी, बिर्खबहादुर रावल, परेलाल रावल र शान्त रावललाई साधारण तारेखमा रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार घटनामा संलग्न एक जना अझै फरार छन् भने अर्का एक जनाको ठेगाना खुल्न सकेको छैन ।

    प्रहरीले घटनामा संलग्न २१ जनाविरुद्ध शरीर बन्धक बनाएको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो । आरोपअनुसार गत जेठ ३ गते हुम्लाबाट आएको एक समूहले लाम्पाटा पुगेर स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा बासिन्दामाथि कुटपिट, दुर्व्यवहार र बन्धक बनाउने कार्य गरेको थियो ।  

    प्रकाशित मिति :आषाढ ३० २०८३ मंगलवार - १५:४४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij