२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलवार शेयर बजारमा मा सामान्य वृद्धि भएको छ । आज नेप्से परिसूचक ६.११ अंकले बढेर २,५७६ को विन्दुमा कायम भएको छ ।
आज १६४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३८३ कम्पनीको १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४१ करोड माथिको शेयर कारोबार भएको छ ।
बैंकिङ ०.०९, विकास बैंक ०.२९, फाइनान्स ०.५१, होटल तथा पर्यटन ०.०८, जलविद्युत् ०.२७, लगानी ०.५४, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.०७, निर्जीवन बीमा ०.२०, अन्य ०.१५ प्रतिशत बढे । उत्पादन तथा प्रशोधन समूह मात्रै आज ०.१८ प्रतिशत घटेको छ ।
उपकार लघुवित्तको मूल्य ९.१९ तथा भगवती हाइड्रोपावरको ५.७७ प्रतिशत मूल्य बढेको छ । मूल्य धेरै बढ्नेमा आज बैंकका लामो अवधिका ऋणपत्र अगाडि रहेको छ । सामुदायिक लघुवित्तको मूल्य ८.१० प्रतिशत घटेको छ । स्वाबलम्बन लघुवित्तको ४.४७, सुपर खुदी हाइड्रोपावरको ३.६५ प्रतिशत मूल्य घटेको छ ।
आज धेरै कारोबार हुनेमा ऋणपत्र नै अगाडि रहेको छ । कुमारी बैंक डिबेन्चर ९०, एनआईएमबी डिबेन्चर ९०, एसबीआई डिबेन्चर ९०, एभरेस्ट बैंक डिबेन्चर ९१ तथा कृषि विकास बैंक डिबेन्चर ८३ को उच्च कारोबार भयो ।
हिजोको तुलनामा आज कारोबार रकम पनि बढेको हो । आज सबैभन्दा धेरै केबिएल डिबेञ्चर २०९० को इकाई कारोबार भएको छ । आज यसको ५२ करोड ७१ लाख रुपैयाँको इकाई कारोबार भएको छ । एनएमबि डिबेञ्चरको ३९ करोड १६ लाख रुपैयाँको इकाई कारोबार भएको छ । नेपाल एसबिआई बैंडक डिबेञ्चरको ३७ करोड ५१ लाख रुपैयाँको इकाई कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij