Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम


  • 1.1K
    Shares

    ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम
    images

    काठमाडौं । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च जोखिम रहेको छ।

    जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडाैँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही र आसपास गरी ३९ जिल्लामा बग्ने साना नदीको प्रवाह बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।

    गोरखा, लमजुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भई बग्ने साना नदीको गति बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

    चितवन, तनहुँ, कास्की, स्याङजा, सुर्खेत र आसपासका जिल्ला भइ बग्ने साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बताइन्छ। बाढीविद् विनोद पराजुलीले बुधबार र बिहीबार सात प्रदेशका साना नदी प्रवाह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्।

     

    प्रकाशित मिति :आषाढ ३० २०८३ मंगलवार - १५:२९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij