Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बालेन र रविले संसद्‌मा नियम मिचेको भन्दै एमाले आक्रामक, सभामुखसँग रुलिङ माग

बालेन र रविले संसद्‌मा नियम मिचेको भन्दै एमाले आक्रामक, सभामुखसँग रुलिङ माग


  • 897
    Shares

    बालेन र रविले संसद्‌मा नियम मिचेको भन्दै एमाले आक्रामक, सभामुखसँग रुलिङ माग
    images

    काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् बैठकमा प्रवेश गर्दा प्रतिनिधिसभा नियमावलीको उल्लंघन गरेको भन्दै सभामुखसँग रुलिङको माग गरेको छ।

    संसद् बैठकमा एमाले सांसद ऐन महरले नियमापत्ति जनाउँदै प्रधानमन्त्री शाह र सभापति लामिछानेले संसद्को स्थापित नियमविपरीत व्यवहार देखाएको आरोप लगाएका छन्।

    प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (छ) मा सभामुखको आसन र रोष्ट्रममा बोलिरहेका सदस्यको बीचबाट हिँड्न नहुने स्पष्ट व्यवस्था छ।संसद् बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले आफ्नो भनाइ राखिरहेकी थिइन्। सोही समयमा संसद् भवनभित्र प्रवेश गरेका प्रधानमन्त्री बालेन शाह र सत्तापक्षका नेता रवि लामिछाने ओली र सभामुखको बीचको भागबाट हिँडेर आफ्नो आसनतर्फ अघि बढेका थिए।

    सांसद ऐन महरले संसद् जस्तो गरिमामय ठाउँमा नियमावलीको धज्जी उडाइएको भन्दै आपत्ति जनाएका छन्। उनले भने, माननीय खुश्बु ओली बोल्दै हुनुहुन्थ्यो। सम्माननीय प्रधानमन्त्रीज्यू र सत्तापक्षका सभापतिज्यू त्यो नियमको उल्लंघन गरेर हिँड्नुभएकोले म यसमा नियमापत्ति गर्दै सम्माननीय सभामुखको ध्यानाकर्षण गर्न चाहन्छु र रुलिङको माग गर्दछु।ू 

    संसदीय मर्यादा र नियमको पालना प्रधानमन्त्री र प्रमुख नेताहरूबाटै हुनुपर्ने भन्दै एमालेले यस विषयमा सभामुखको स्पष्ट निर्देशन ९रुलिङ० आउनुपर्ने अडान राखेको छ।

    प्रकाशित मिति :आषाढ ३० २०८३ मंगलवार - १४:१४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij