Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कर्णाली नदीमा गाडी दुर्घटना भएको १२ दिन बितिसक्दा पनि गाडी र सहचालक अझै बेपत्ता

कर्णाली नदीमा गाडी दुर्घटना भएको १२ दिन बितिसक्दा पनि गाडी र सहचालक अझै बेपत्ता


  • 918
    Shares

    कर्णाली नदीमा गाडी दुर्घटना भएको १२ दिन बितिसक्दा पनि गाडी र सहचालक अझै बेपत्ता
    images

    काठमाडौं । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडा क्षेत्रमा भएको फोर्स गाडी दुर्घटनाको १२ दिन बितिसक्दा पनि गाडी र त्यसका सहचालकको अवस्था अझै अज्ञात रहेको छ। 

    सुरक्षा निकायले विभिन्न प्राविधिक टोलीसहित निरन्तर खोजी कार्य जारी राखे पनि हालसम्म गाडी र सहचालकबारे कुनै पत्तो लाग्न सकेको छैन। गत असार १८ गते बिहान ११स्३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क।प्र। ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गबाट करिब ४ सय मिटर तल नदीमा खसेको थियो।

    गाडीमा सवार ५ जनामध्ये ४ जना गाडीसँगै नदीमा बेपत्ता भएका थिए भने एक जनाको भिरमा अड्किएको अवस्थामा शव फेला परेको थियो। कालिकोटको पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवा भने भीरमा अड्किएको अवस्थामा फेला परेका थिए । त्यस्तै, गाडीसँगै नदीमा बेपत्ता भएका कालिकोटको पचालझरना गाउँपालिका–९ का मेगे तिरुवाको शव अघिल्लो सोमबार कैलालीको सुङ्गरखाला क्षेत्रमा भेटिएको थियो ।

    त्यस्तै, कालिकोटको रास्कोट नगरपालिका–२ की १८ वर्षीया सिर्जनाको शव गत मङ्गलबार पश्चिम सुर्खेतको चौकुने गाउँपालिका-४ मा पर्ने डङ्डगे क्षेत्रमा भेटिएको थियो । तुलाराम सुवेदीको शव ९ दिनपछि अछामको तुर्माखाँद गाउँपालिका–२ जमगडास्थित कर्णाली नदीको किनारमा भेटिएको हो। पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँ निवासी चालक सुवेदीको शव भेटिए पनि उनका भाइ तथा सहचालक रामप्रसाद सुवेदीको अवस्था भने अझै अज्ञात छ ।

    दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले पानी परिरहेको र नदीको बहाव बढिरहेकाले खोजी कार्यमा खटिएको जनशक्ति पनि फर्किएको बताएका छन् । खोजी कार्यका लागि सशस्त्र प्रहरीको सुर्खेत बाहिनीबाट ६ जनाको गोताखोर टोली र ड्रोन क्यामरासहितको टोली घटना भएकै दिनबाट खटिएको थियो ।  

     

    प्रकाशित मिति :आषाढ ३० २०८३ मंगलवार - १३:४९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij