Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

काठमाडौंमा घर भाडा महँगो भएको भन्दै रमेश प्रसाईंले उठाए प्रश्न

काठमाडौंमा घर भाडा महँगो भएको भन्दै रमेश प्रसाईंले उठाए प्रश्न


  • 1.1K
    Shares

    काठमाडौंमा घर भाडा महँगो भएको भन्दै रमेश प्रसाईंले उठाए प्रश्न
    images

    काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले काठमाडौंमा घर भाडा महँगो भएको भन्दै संसद्‍मै प्रश्न उठाएका छन् ।

    ‘हामी जस्ताले भाडा तिरेरै हजारौं घरबेटीको घर चलेको छ । तर सानो कोठाको भाडा आठ हजार, ९ हजार, १० हजार कुन मापदण्डमा टेकेर कसरी निर्धारण गरिन्छ ?’ उनले प्रश्न गरेका छन् ।

    घरभाडा निर्धारणमा घरबेटीको इच्छा बाहेक अर्को मापदण्ड नरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरेका हुन् । भएको मापदण्ड पनि लागु नभएको उनले बताएका छन् ।

    दूरदराजबाट आएर घरबाट खर्च मगाएर पढ्ने विद्यार्थी, दैनिक ज्यालादारी गर्ने मजदुर र निम्नवर्गसँग प्रत्यक्ष सरोकार भएको विषय भएको बताएका छन् ।

    सरकारले बहाल कर उठाउने तर घरभाडाको वैज्ञानिक मापदण्ड तोक्ने काममा नलागेको भनेर उनले ध्यानाकर्षण गरेका छन् ।  

     

    प्रकाशित मिति :आषाढ ३० २०८३ मंगलवार - १३:२७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij