Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो

बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो


  • 1.1K
    Shares

    बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
    images

    काठमाडौं । जाजरकोटका एक युवकको भेरी नदीमा शव भेटिएको छ । मृत भेटिनेमा जुनिचाँदे गाउँपालिका-१ बस्ने वर्ष ४५ का कर्ण बहादुर रावत रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिं बोहोराका अनुुसार, रावतको शव गुर्भाकोट नगरपालिका-११ बर्माघाटस्थित भेरी नदी किनारमा भेटिएको थियो ।

    सोमबार बेलुका स्थानीयले टेलिफोनमार्फत जानकारी गराएपछि प्रहरी चौकी मेहलकुना, सुर्खेतबाट प्रहरी नायव निरीक्षक मनिष गुरुङको कमान्डमा ४ जनाको प्रहरी टोली घटनास्थल खटिएको थियो ।

    शव पोस्टमार्टमका लागि मेहलकुना अस्पतालको शवगृहमा राखिएको थियो । मंगलबार उनका छोरा गणेश रावतले बुबाको सनाखत गरी शव बुझेका छन् ।

     

    प्रकाशित मिति :आषाढ ३० २०८३ मंगलवार - १२:४९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij