Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

देशभरका २१ वटा सडक प्रभावित

देशभरका २१ वटा सडक प्रभावित


  • 925
    Shares

    देशभरका २१ वटा सडक प्रभावित
    images

    काठमाडौं । देशका विभिन्न भागमा भएको वर्षाका कारण आएको बाढी र पहिरोबाट आज मध्याह्नसम्म २१ वटा सडक प्रभावित भएका छन् ।

    त्यसमध्ये तीन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन् भने १८ वटा एकतर्फी रूपमा संचालनमा आएको सडक विभागको तथ्याङ्कमा उल्लेख रहेको छ । विभागका अनुसार पहिरोका कारण कोशी रोजमार्ग, कान्तिराजपथ, मेचीराजमार्ग र बुर्तीबाङ–ढोरपाटन राजमार्गको केही स्थान अवरुद्ध भएको छ ।

    विभागका सूचना अधिकारी शुभाञ्जन दाहालले पहिरोकाकारण सडक अवरूद्ध सडक खुलाउन सम्बन्धित कार्यलयले पहिरो पन्छाउने कार्य गरिरहेको जानकारी दिएका छन् । जल तथा मौसम विज्ञान विभागले मुलुकको विभिन्न स्थानमा आज पनि भारी वर्षा हुने भएकाले आवश्यक सतर्कता अउनाउन अनुरोध गरेको छ ।

     

    प्रकाशित मिति :आषाढ ३० २०८३ मंगलवार - १२:४६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij