Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताद्वारा धितोपत्र बोर्ड घेराउ

शेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताद्वारा धितोपत्र बोर्ड घेराउ


  • 1.1K
    Shares

    शेयर बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताद्वारा धितोपत्र बोर्ड घेराउ
    images

    काठमाडौं । शेयर बजार निरन्तर ओरालो लागेपछि आक्रोशित बनेका शेयर लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन) को केन्द्रीय कार्यालय घेराउ गरेका छन्। 

    सोमबार बजारमा उच्च अंकको गिरावट आएपछि लगानीकर्ताहरू आन्दोलित बन्दै मंगलबार बिहानै बोर्डको कार्यालय पुगेका हुन्। पूँजी बजार सुधार र लगानीकर्ताको हकहितका लागि आवाज उठाउँदै आएका शेयर लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा मंगलबार बिहान लगानीकर्ताहरूको एक समूह ललितपुरको खुमलटारस्थित सेबोनको केन्द्रीय कार्यालय पुगेर घेराउ तथा विरोध प्रदर्शन गरेका थिए। 

    बजार लगातार घट्दै जाँदा नियामक निकाय मूकदर्शक बनेको र बजार सुधारका लागि ठोस कदम नचालेको आरोप लगानीकर्ताहरूले लगाएका छन्। पछिल्लो समय शेयर बजारमा तीव्र उतारचढाव देखिएको छ। साताको दोस्रो दिन सोमबार मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.६० अङ्कले घटेर २५७० बिन्दुमा झरेको थियो। 

    लगातारको यो गिरावटले लगानीकर्ताहरूको अर्बौँ रुपैयाँ डूब्ने अवस्था सिर्जना भएपछि उनीहरू सडकमा उत्रिन बाध्य भएका हुन्। धितोपत्र बोर्डको कार्यालय घेर्न पुगेका प्रदर्शनकारीहरूले पूँजी बजारलाई स्थायित्व दिनुपर्ने, नीतिगत अवरोधहरू हटाउनुपर्ने र साना लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग राख्दै नाराबाजी समेत गरेका थिए। 

    बजारलाई ओरालो लाग्नबाट रोक्न राष्ट्र बैंक र धितोपत्र बोर्डले तत्काल नीतिगत सुधारका कदम चाल्नुपर्ने माग आन्दोलनरत लगानीकर्ताहरूको छ।

    प्रकाशित मिति :आषाढ ३० २०८३ मंगलवार - १२:१३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij