२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । मकवानपुरको इन्द्रसरोबर स्थित सिमखोलाले बगाएको स्कुटर फेला परेको छ । सोमबार दिउँसो काठमाडौंबाट हेटौँडा तर्फ आउने क्रममा कुलेखानी ड्याम मुनिको सिमखोलाको बानढीले बगाएर हराएको उक्त स्कुटर फेला परेको हो ।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार हेटौँडा काठमाडौं जोड्ने छोटो दुरीको भीमफेदी कुलेखानी काठमाडौं मार्ग अन्तर्गत इन्द्रसरोबर-२ मा अवस्थित सिमाखोलाको लच्कामा आएको बाढीको उच्च बहावले स्कुटर बगाएको थियो ।
सडकबाट करिब २०० मिटर मुनि खोलामा बिहान १० बजेको समयमा स्कुटर फेला परेको प्रहरीले जनाएको छ ।
बा.प्र. ०२-०३२ च ८०५४ नम्बरको होण्डाको एभीएटर स्कुटर पेला परेर निकालिएको छ । उक्त स्कुटर चालक भने अझै बेपत्ता रहेका छन् । स्कुटर कसको नाममा छ भन्ने बारे बुझ्ने काम भइरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij