२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । राहदानी छपाई प्रकरणमा लेखा समितिले थालेको छलफल विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको छ । मंगलबार राखिएको लेखा समितिको बैठकमा बोल्ने सदस्यहरूले अदालतमा विचाराधीन मुद्दामा समितिमा छलफल गर्न नमिल्ने भन्दै आपत्ति जनाएपछि यो विषयमा छलफल नै नभएको हो ।
योसँगै समितिको बैठक समेत अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । आजको बैठकमा बोल्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सबैजसो सांसदले अदालतमा विचाराधीन विषय भएकोले छलफलको एजेन्डा परिवर्तन गर्न माग गरेका थिए ।
सांसद गणेश पराजुलीले राहदानीको विषय विशेष अदालतमा रहेको र यो न्यायिक परीक्षणको विषय भएकोले यो एजेन्डालाई छोडेर अन्य विषयमा छलफल गर्न आग्रह गरेका छन् ।
अन्य सांसदहरूले समेत समितिको गरिमा र यसअघिका योगदानलाई विचार गर्दै अदालतमा विचाराधीन मुद्दामा राखिएको छलफल रोक्न माग गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij