Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गैंडाकोटमा बाढी पस्दा ३५ जना विस्थापित

गैंडाकोटमा बाढी पस्दा ३५ जना विस्थापित


  • 1.8K
    Shares

    गैंडाकोटमा बाढी पस्दा ३५ जना विस्थापित
    images

    काठमाडौं । अविरल वर्षाका कारण पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाका विभिन्न स्थानमा डुबान हुँदा ३५ जना विस्थापित भएको प्रहरीले जनाएको छ । विस्थापित भएकाहरु आफन्त तथा छिमेकीको घरमा आश्रय लिन बाध्य भएका छन् ।

    स्थानीयका अनुसार भृकुटीचोक, बेल्डिहा, प्रगति टोल, झापर्दी टोल लगायत क्षेत्रका बासिन्दा बढी प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार राति करिब १० बजे गैँडाकोट नगरपालिका–४ मा जंगल क्षेत्रबाट आएको बाढी र नालाको पानी बस्तीमा पसेको थियो ।

    इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी निरीक्षक लक्ष्मण गिरीको नेतृत्वमा २० जनाको टोली र सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्मको टोली उद्धारमा खटिएको थियो ।

    सो ठाउँबाट ९ घरका ३५ जना सदस्यलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मानवीय तथा चौपायाको क्षति भने भएको छैन । प्रभावित क्षेत्रमा थप क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

    वडाध्यक्षको घरमा पनि बाढी पस्यो

    यस्तै, सोमबार राति करिब ११ बजे गैँडाकोट नगरपालिका–१५ मा पनि वर्षाको पानी र नालीको बहाव घरमा पस्दा वडा अध्यक्ष प्रेमराज तिमल्सिनाको घरको तल्लो तलामा राखिएको करिब २० क्विन्टल धान तथा लत्ताकपडा भिजेको छ ।

    सोही स्थानीय सुदीप रानाभाटको घरमा पनि पानी बाढी पस्दा लत्ताकपडा भिजेको प्रहरीले जनाएको छ ।

    अस्थायी प्रहरी पोस्ट बेल्डिहाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाश भण्डारीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

     

    प्रकाशित मिति :आषाढ ३० २०८३ मंगलवार - १०:१७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij