२०८३ आश्विन १ गते बिहिवार
पहिरोले अवरुद्ध मुग्लिन-नारायणगढ सडक आज बिहान ८ बजेदेखि खुलेको छ।
सडक डिभिजन भरतपुरले आज बिहान ८ बजे सूचना जारी गरी बिहानैदेखि मेसिन परिचालन गरी बाँकी रहेको पहिरो हटाएसँगै सवारी आवागमन दुईतर्फी सञ्चालन भएको जानकारी दिएको हो।
लेन अनुशासनमा रही सीमित गतिमा सवारी चलाउन सडक डिभिजनले अनुराेध गरेको छ।
निरन्तर वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहँदा सोमबार साँझदेखि मुग्लिन-नारायणगढ सडक बन्द भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij