२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कसुरदार ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणको सुनुवाइ पूरा नभएपछि हेर्दाहेर्दैका लागि भोलिका लागि पेसी राखिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सोमबार रायमाझीसहितका प्रतिवादीलाई दोषी ठहर गरेको थियो । सोही इजलासले आजका लागि सजाय निर्धारणका लागि पेसी तय भएको थियो ।
जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले आज सुनुवाइ पूरा नभएपछि हेर्दाहेर्दैमा भोलिका लागि पेसी राखिएको जानकारी दिएका छन् । नेपालको फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ अनुसार ३ वर्षभन्दा बढी कैद हुने मुद्दामा कसुर ठहर भएको ३० दिनभित्र सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने हुन्छ ।
फौजदारी कार्यविधि अनुसार गम्भीर प्रकृतिका मुद्दामा कसुर ठहर भइसकेपछि सजाय निर्धारणका लागि छुट्टै पेसी तोक्नुपर्ने कानुनी प्रावधानबमोजिम अदालतले आजका लागि पेसी तोकेको थियो ।
यस प्रकरणमा जिल्ला अदालत काठमाडौंले सरकारी कागजात किर्ते गरेको आरोपमा भुटानी प्रजातन्त्रवादी नेता टेकनाथ रिजाललाई दोषी ठहर गरेको छ । रिजाल सहित केशवप्रसाद दुलाल र सानु भण्डारी पनि किर्तेको आरोपमा दोषी ठहर गरेको छ ।
जिल्ला अदालत काठमाडौँंले नौ जनालाई ठगी एवं सङ्गठित अपराधमा दोषी ठहर गरेको छ । केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, गोविन्द चौधरी, आङटावा शेर्पा सङ्गठित अपराधमा कसुरदार ठहरिएका छन् । उनीहरू बाहेक तत्कालीन सचिव टेकनारायण पाण्डे र टोपबहादुर रायमाझी पनि सङ्गठित अपराधमा दोषी ठहरिएका छन् ।
पूर्व गृहमन्त्री बालकृष्ण खाँड ठगी र सङ्गठित अपराधको कसुरमा मतियार ठहर भएका छन् । त्यसैगरी टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल सङ्गठित रूपमा गरेको ठगीमा दोषी ठहरिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij