Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन


  • 582
    Shares

    • images
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन
    images

    काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेको छ । सोमबार समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र भन्सार कार्यालयको स्थलगत अनुगमन गरेको हो । 

    समितिले सार्वजनिक सेवा प्रवाह, राजस्व प्रशासन, विमानस्थलमा सञ्चालित क्याफे र अन्य पसल तथा यात्रु सेवा व्यवस्थाको अवस्थाबारे समेत अनुगमन गरेको हो । 

    समिति सभापति डा. कृष्णहरि बुढाथोकीले विमानस्थलमा यात्रु तथा विदेशी पर्यटकले भोग्ने समस्या, भन्सारमा यात्रुलाई परेको समस्या लगायत विषयमा स्थलगत अनुगमन गरिएको बताए।

    उनले अनुगमनको क्रममा भन्सारदेखि अध्यागमनमा देखिएका  समस्याहरूलाई सहजीकरण गर्नुपर्ने देखिएको बताए।

    त्यस्तै अनुगमनमा सहभागी सांसद विदुषी राणाले विमानस्थलबाट बाहिर जाने यात्रु र विदेशबाट नेपाल आउने यात्रु तथा पर्यटकले समस्या भोग्न नपर्ने गरी अघि आवश्यक रहेको बताइन् ।  

     

    images
    प्रकाशित मिति :आषाढ २९ २०८३ सोमवार - १७:०६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij