Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

अदालतबाट सफाइ पाए लगत्तै नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीको पुनर्वहाली

अदालतबाट सफाइ पाए लगत्तै नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीको पुनर्वहाली


  • 1.2K
    Shares

    अदालतबाट सफाइ पाए लगत्तै नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीको पुनर्वहाली
    images

    काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदमा संगीता पहाडी अर्याल पुनर्वहाली भएकी छन् । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि पहाडी पुनः आफ्नो जिम्मेवारीमा फर्किएकी हुन् । 

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको गत असार २६ गतेको मन्त्रीस्तरीय निर्णयानुसार पहाडीको निलम्बन फुकुवा गरी उनलाई टेलिकममा पुनर्वहाली गरिएको हो । यसअघि लागेको आरोपका कारण उनी निलम्बनमा परेकी थिइन् ।  

    पदबहालीका क्रममा आयोजित विशेष कार्यक्रममा कर्मचारीहरूलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक अर्यालले संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न कसैसँग डराउनु नपर्ने बताइन् । उनले विगतमा आफूमाथि लागेका आरोप र सिर्जना गरिएको भ्रमको बादल हटेर अन्ततः सत्य स्थापित भएको उल्लेख गरिन्।

    अर्यालले टेलिकमको सेवालाई अझ बढी ग्राहक मैत्री बनाउने संकल्प गर्दै कम्पनी आफ्ना ग्राहक, सरोकारवाला र आम नागरिकप्रति गुणस्तरीय सेवा प्रवाह गर्न सदैव प्रतिबद्ध रहने बताइन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमको बिलिङ प्रणाली खरिद र मर्मत प्रक्रियामा अनियमितता भएको दाबीसहित २०८२ जेठ २५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

     

    प्रकाशित मिति :आषाढ २९ २०८३ सोमवार - १६:२६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij