Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नहरमा डुबेर बेपत्ता भएका बालकको शव फेला

नहरमा डुबेर बेपत्ता भएका बालकको शव फेला


  • 1.9K
    Shares

    नहरमा डुबेर बेपत्ता भएका बालकको शव फेला
    images

    काठमाडौं । सप्तरीको कञ्चनरूप नगरपालिका-८ कञ्चनपुरस्थित चन्द्र नहरमा नुहाउने क्रममा बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन्।

    सप्तरी प्रहरीका अनुसार गत आइतबार साँझ करिब ५ बजे कञ्चनरूप-८ निवासी रविन्द्र प्रमाणीका १० वर्षीय छोरा पंकज प्रमाणी साथीहरूसँग नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।

    घटनाबारे परिवारजनले विपद् व्यवस्थापन बेस भारदहलाई जानकारी गरेपछि सशस्त्र प्रहरी निरीक्षक महेशकुमार कार्की नेतृत्वको उद्धार टोली खोजीका लागि खटेको थियो । 

    खोजीका क्रममा  बालक नुहाएको स्थानभन्दा करिब ७५ मिटर दक्षिणतर्फ उनको शव फेला परेको कार्कीले बताए । मृतक बालकको शवलाई पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पठाएको प्रहरीले जनाएको छ।

     

    प्रकाशित मिति :आषाढ २९ २०८३ सोमवार - १६:१०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij