Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

सभामुख अर्यालको भुमिकामाथि प्रश्न उठाउँदै काँग्रेसले भन्यो–विपक्षीको नाडी छाम्ने काम नगरियोस्

सभामुख अर्यालको भुमिकामाथि प्रश्न उठाउँदै काँग्रेसले भन्यो–विपक्षीको नाडी छाम्ने काम नगरियोस्


  • 1.2K
    Shares

    सभामुख अर्यालको भुमिकामाथि प्रश्न उठाउँदै काँग्रेसले भन्यो–विपक्षीको नाडी छाम्ने काम नगरियोस्
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भुमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाएका छन् । सोमवार सिंहदरबारमा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता आङदेम्बेले यस्तो आरोप लगाएका हुन्।

    उनले सभामुख अर्याललाई विपक्षी दलहरुको नाडी छाम्ने प्रयास नगर्न समेत चेतावनी दिएका छन् । सभामुख कुनैपनि दलको सदस्य नभएको स्मरण गराउँदै उनले सभामुखले संसदभित्र आफ्नो भुमिका कस्तो हुनुपर्छ भन्नेकुरा बुझ्न आवश्यक रहेको पनि बताएका छन् । नेता आङ्देम्बेले संसदमा कुनैपनि विषयलाई लिएर विपक्षी दलहरुले विरोध जनाउँदा सबैको तर्फबाट एक जनाले विचार राख्नुपर्ने सभामुखको मनशाय हुने गरेकोप्रति समेत असन्तुष्टि जनाएका छन् ।

    सत्तापक्षको तर्फबाट सदनमा बारम्बार विवादित अभिव्यक्ति सार्वजनिक हुँदाहुँदै पनि प्रतिपक्षले दैनिक कार्यसूची सञ्चालनमा सहयोग गरेको विषयलाई कमजोरीको रूपमा नलिन समेत चेतावनी दिएका छन् ।

    उनले भने, ‘संसदमा विरोध जनाएपछि पछि विपक्षी दलहरु सबैले बोल्न पाउनुप¥यो । यो नाडी छाम्ने काम गर्नुहुँदैन संसदभित्र । सदन सञ्चालन गर्नुहुने सभामुखज्युले आफ्नो भूमिका बुझ्नुपर्छ । उहाँ अहिले कुनै पार्टीको हुनुहुन्न । यो कुरा बुझेर अगाडि बढ्नुभयो भने सजिलो हुन्छ । संसदमा जे जस्तो खालको अभिव्यक्तिहरु आउने गरेका छन् । त्यसमा पनि प्रतिपक्षले दैनिक कार्यसूचीलाई सञ्चालन गर्नको निम्ति जुन सहृदयता देखाएको छ यसलाई कमजोरी नठानिकन मित्रवत् सम्झिनुपर्छ । किनभने त्यो सबै कुरा मुलुकलाई केन्द्रमा राखेर गरिएको हो ।’

    प्रकाशित मिति :आषाढ २९ २०८३ सोमवार - १६:०४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij