Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु

पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु


  • 1.1K
    Shares

    पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु
    images

    काठमाडौं । कालिकोटमा पानी घट्नमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका-६, का लालबहादुर साउद र मन्दिर साउद रहेका छन् ।

    सान्नीत्रिवेणी गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंहका अनुसार सोही वडाको भुवारिपाटा भन्ने ठाउँमा रहेको पानी घटना उनीहरू सोमबार पिठो पिस्न गएका थिए ।

    एक्कासि माथिबाट पहिरो आएर घट्टसहित उनीहरू पुरिएको प्रहरीले जनाएको छ । घटनास्थलमा स्थानीय र मेहलमुडी प्रहरी चौकीको टोली पुगेर उद्धारमा खटिएको पनि सिंहले बताइन् ।

    घटनाबारे थप विवरण भने आउन बाँकी छ ।

     

    प्रकाशित मिति :आषाढ २९ २०८३ सोमवार - १५:२५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij