Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

प्रख्यात अभिनेता साम निलको निधन

प्रख्यात अभिनेता साम निलको निधन


  • 547
    Shares

    • images
    प्रख्यात अभिनेता साम निलको निधन
    images

    सिड्नी । प्रख्यात अभिनेता साम निलको निधन भएको छ । अस्ट्रेलियाको सिड्नीमा सोमबार उनको ७८ वर्षको उमेरमा मृत्यु भएको हो । 

    अभिनेताको परिवारले सामाजिक सञ्जालमार्फत यस खबरको पुष्टि गरेको छ । परिवारले जारी गरेको वक्तव्यमा अत्यन्त दुःखका साथ साम निलको निधन भएको जानकारी दिँदै उनको परिवार, आफन्त र समुदायले यो खबर साझा गरेको उल्लेख गरेको छ ।

    वक्तव्यअनुसार साम निलको निधन अचानक र अप्रत्याशित रूपमा भएको हो । यद्यपि उनी क्यान्सरमुक्त अवस्थामै रहेका कारण परिवारले त्यसलाई केही सान्त्वनाको विषय मानेको जनाएको छ । साम निल दुर्लभ र आक्रामक प्रकारको रक्त क्यान्सरसँग लडिरहेका थिए । तर उनले गत अप्रिलमा आफू क्यान्सरमुक्त भएको घोषणा गरेका थिए ।

    अभिनेताको  अन्तिम संस्कार तथा अन्य कार्यक्रमबारे अरु जानकारी पछि सार्वजनिक गरिने बताइएको छ । साथै यस कठिन घडीमा परिवारको गोपनीयताको सम्मान गरिदिन सबैसँग अनुरोध पनि गरेको छ । 

    साम निल जुरासिक पार्क फ्रेन्चाइजीमा डा एलन ग्रान्टको भूमिकाका लागि चर्चित छन् । यस बाहेक द पियानो, पिकी ब्लाइन्डर्स, मर्लिन लगायत चलचित्र तथा टेलिभिजन शृङ्खलामा पनि उनको अभिनय रहेको थियो । 

    images
    प्रकाशित मिति :आषाढ २९ २०८३ सोमवार - १३:५३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij