Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

अस्पतालबाटै अभियन्ता माजिदले भने– 'मेरो जीवन रक्षा गरियोस्'

अस्पतालबाटै अभियन्ता माजिदले भने– 'मेरो जीवन रक्षा गरियोस्'


  • 1.2K
    Shares

    अस्पतालबाटै अभियन्ता माजिदले भने– 'मेरो जीवन रक्षा गरियोस्'
    images

    काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले प्रहरीले आफूलाई गैरकानुनी ढङ्गले नियन्त्रणमा लिएर कुटपिट गरिएको भन्दै जीवन रक्षाको माग गरेका छन् । अन्सारीलाई शनिबार कीर्तिपुरबाट प्रहरीले पक्राउ गरेको थियो । 

    पक्राउका क्रममा घाइते भएका अन्सारी हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । सोमबार अस्पतालबाट सामाजिक सञ्जालमा लेख्दै अन्सारीले  असार २७ गते शनिबार साँझ ५ बजे तिर १०-१२ जना प्रहरीले लछारपछार गर्दै कुटपिट गरी गम्भीर घाइते बनाएकोमा हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मेरो उपचार भइरहेको जनाएका छन् । 

    उनले गृहमन्त्री वा प्रहरी प्रमुखले यो आफ्नो पक्राउबारे स्पष्ट पार्न आग्रह गर्दै गैर कानुनी कारबाहीहरू आफुविरुद्ध किन लक्षित गरिएको भनेर प्रश्न गरेका छन् । 

    ‘त्यसैले म सबै सम्बन्धित अधिकारीहरू, सङ्घीय सांसदका सबै माननीय सदस्यहरू, प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदायहरू तथा सबै मानव अधिकार रक्षकहरूलाई मेरो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न अनुरोध गर्दछु’, अन्सारीको माग छ । 

     

     

    प्रकाशित मिति :आषाढ २९ २०८३ सोमवार - १२:१८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij