Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ पुनः व्यापारीले भरियो, पैदलयात्रीलाई सास्ती

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ पुनः व्यापारीले भरियो, पैदलयात्रीलाई सास्ती


  • 932
    Shares

    नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ पुनः व्यापारीले भरियो, पैदलयात्रीलाई सास्ती
    images

    काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनपछि काठमाडौं महानगरपालिकाका नगर प्रहरीको सडक उपस्थिति उल्लेख्य रूपमा घटेको छ। 

    नगर प्रहरी सडकमा कम देखिन थालेसँगै न्युरोडसहितका मुख्य व्यापारिक क्षेत्रका फुटपाथहरू पुनः व्यापारीले भरिन थालेका छन्। फुटपाथमा व्यापार बढ्दा पैदलयात्री सडकमै हिँड्न बाध्य भएका छन्। यसले सवारी आवागमन प्रभावित हुनुका साथै ट्राफिक जामसमेत बढेको स्थानीयले बताएका छन्।

    केही दिन अघिसम्म महानगरले न्युरोड लगायतका क्षेत्रमा फुटपाथ अतिक्रमण नियन्त्रण गर्न नगर प्रहरीलाई नियमित रूपमा सडकमा खटाउँदै आएको थियो।

    महानगरले यसअघि दिउँसोको समयमा फुटपाथमा पसल राख्न पूर्ण रूपमा कडाइ गर्दै व्यापारका लागि निश्चित समय मात्र तोकेको थियो। तर, आत्मदाहको अप्रिय घटनापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै नगर प्रहरीलाई सडकमा कम खटाइएको बुझिएको छ।   

     

    प्रकाशित मिति :आषाढ २८ २०८३ आइतवार - १७:२३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij