Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शिक्षा अधिकृतमाथि कालो मोबिल खन्याएर दुर्व्यवहार

शिक्षा अधिकृतमाथि कालो मोबिल खन्याएर दुर्व्यवहार


  • 988
    Shares

    शिक्षा अधिकृतमाथि कालो मोबिल खन्याएर दुर्व्यवहार
    images

    काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-१५ स्थित पद्मोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचनलाई लिएर विवाद हुँदा शिक्षा अधिकृतमाथि कालो मोबिल खनाएर दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ । 

    घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहोरामाथि वडा नम्बर १५ का वडा सदस्य लेखनाथ बुढाथोकीले कालो मोबिल खनाएर दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको हो । 

    वडा सदस्य बुढाथोकीले शिक्षा अधिकृत बोहोरामाथि मोबिल खनाएर दुर्व्यवहार गरेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी (डीएसपी) डा.हेम केसीले बताएका छन् । 

    विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनका लागि हुन थालेको मतदानको पूर्व सन्ध्यामा मतदान अधिकृतका रूपमा खटि आएका घोराही उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका अधिकृत बोहोरामाथि घोराही उपमहानगरपालिका १५ का वडा सदस्य बुढाथोकीको नेतृत्वमा सार्वजनिक स्थानमा मतदान अधिकृत माथि हातपात गर्ने,अपमान गर्ने,मोसो दल्ने, मोसो फ्याँक्ने र बोतलले हान्ने कार्य भएको भन्दै दाङमा क्रियाशील केही शिक्षक सङ्गठनले आपत्ति जनाएका छन् ।  

     

    प्रकाशित मिति :आषाढ २८ २०८३ आइतवार - १६:४२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij