Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गणेशको परिवार भेट्न पुगे मोहन बस्नेत: नगद सहयोगसहित शिक्षाको जिम्मा

गणेशको परिवार भेट्न पुगे मोहन बस्नेत: नगद सहयोगसहित शिक्षाको जिम्मा


  • 1.1K
    Shares

    गणेशको परिवार भेट्न पुगे मोहन बस्नेत: नगद सहयोगसहित शिक्षाको जिम्मा
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै जिउमा पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु भएका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । आइतबार मृतक नेपालीका परिवारलाई भेट्न पुग्नुभएका नेता बस्नेतले मृतककी आमालाई भेटेर सो आर्थिक सहयोग रकम हस्तान्तरण गरेका हुन्।

    सो रकम हस्तान्तरण गर्दे नेता बस्नेतले विकट जिल्लामा रहेका मृतकका परिवारको आर्थिक अवस्था कमजोर रहेको कारण आफूले तत्काल नगद १ लाख सहयोग गरेको बताएका छन्। 

    उनले मृतक नेपालीको बच्चालाई महानगरले सहयोग नगरे स्नातकसम्म निःशुल्क पढाउने समेत बचन दिएका छन्। नेता बस्नेतले यसअघि सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु बाढी पहिरोमा परेर प्रभावित भएका ३०० भन्दा बढीलाई काठमाडौं ल्याएर पढाएको समेत जानकारी गराएका छन्। 

    नेता बस्नेतले सरकारले सवारीसाधनमा लगाउने भनिएको जरिवानाको मात्रा अन्तर्राष्ट्रिय स्तरको हेरेर लगाउन नहुने धारणा समेत राखे । उनले सवारी साधनका हकमा जरिवाना थोरै राखेर सचेतना कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

      

    प्रकाशित मिति :आषाढ २८ २०८३ आइतवार - १५:५९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij