२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । जनकपुरबाट असार २५ बाट सुरु गरी सुरु भएको मिटरब्याज विरुद्धको पैदल न्याय मार्च आज चौथो दिनमा लालबन्दीबाट अघि बढेको छ। राज्यलाई ब्युँझाउन र आफ्ना हकअधिकार स्थापना गर्न उद्यमी तथा पीडितहरूले बोकेको यो यात्रा काठमाडौँ नपुगी रोकिने छैन भनी क्रमिक रूपमा अघि बढिरहेको आयोजकहरूले जानकारी दिएका छन्।
न्याय खोजीमा निस्किएका सयौँ सहभागीहरूलेुचुपचाप तमसूक फाडु र अधिकार माग्न काठमाडौँ जान पर्दैनजस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर मार्चमा सहभागी भएका छन्। उनीहरू प्रत्येक दिन करिब २०-२६ किलोमिटर पैदल यात्रा गर्दै राजधानी तर्फ अगाडि बढिरहेका छन्। वालेन्द्र साहले प्रधानमन्त्री बन्नुअघि जनकपुरधामबाटै गरेको सम्बोधनमा मिटरब्यजबाट पीडित भएकाहरूको समस्या समाधान गर्ने उद्घोष गरेता पनि १०० दिन बितिसक्दा पनि आफूहरुलाई बेवास्ता गरेको उनीहरूको गुनासो छ ।
जेनजी अगुवा लक्ष्मी घिमिरेका अनुसार ४५ जिल्लाका चार सयभन्दा बढी पीडितहरू पैदल मार्चमा सक्रिय छन् । घिमिरेका अनुसार लगातारको हिँडाइले पीडितहरूको खुट्टामा ठेला उठ्न सुरू गरेको छ । प्रायस् सबैको खुट्टामा पानीका फोकाहरू उठेका छन् । घिमिरेले भनिन्, ‘अहिले हरिवनमा चिउरा र आँप खाइरहेका छौँ ।’
साउन दोस्रो साता काठमाडौं आइपुग्ने उनीहरूको योजना छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij